
नयाँ विकल्प,
काठमाडौं– काठमाडौंको सोल्टीमोडमा एक युवतीमाथी एसिड प्रहार भएको छ ।
एसिड प्रहार हुने २२ बर्षिया पवित्रा कार्की ओखलढुङ्गाकी भएको प्रहरीले जनाएको छ । विहिबार साँझ कोठाबाठ बाहिर सोल्टीमोड स्थीत पसलमा समान किन्न निस्केकी उनलाई एसिड प्रहार भएको हो ।
पवित्राको दायाँ भागको कपाल, गाला र घाँटीमा समेत एसिड छ्यापिएको छ उनको किर्तीपुर अस्पतालमा उपचार भैरहेको छ ।
एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं,डल्लुु बस्ने मोहमद आलम र काठमाडौं डल्लुु बस्ने मुन्ना महमद भारतिय नागरिक छन
उनीहरुलाई नार्गजुन ४ सिर्जनसिल टोलबाट प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।एसिड प्रहार भए लगत्तै प्रहरीले उनीहरुको खोजी गरेको थियो । पक्राउ परेका उनीहरु माथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
एसिड प्रहारबाट घाइते पवित्राको सितापाईला स्थीत मनमोहन अस्पतालमा उपचार हुन नसकेपछि किर्तीपुर अस्पताल रिफर गरिएको हो ।
ओखलढुङ्गा चम्पादेवी गाउपालीका की पवित्रा राजधानीको ह्यात होटलमा कार्यरत कर्मचारी हुन ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...