काठमाडौं महानगरद्वारा प्लास्टिकका माला र फूल प्रतिबन्ध – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

काठमाडौं महानगरद्वारा प्लास्टिकका माला र फूल प्रतिबन्ध

काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारका बेला प्लाष्टिकका फूल र मालाको प्रयोगमा प्रतिबन्ध लगाएको छ।

वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै महानगरपालिकाले प्लास्टिकका माला फूललगायतका सामाग्री बिक्री, वितरण र ओसारपसार तथा प्रयोगमा निषेध गरेको हो।

महानगरपालिकाले सूचना जारी गर्दै प्रतिवन्धित कार्य गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ।

महानगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा एकल प्रयोगको प्लाष्टिक, प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातलो झोलाको बिक्री, वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाउने उल्लेख गरिसकेको छ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८१ कार्तिक ८, १६: ४३

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८१ कार्तिक ८, १६: ४३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८१ कार्तिक ८, १६: ४३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...