फिर्के लिएर दर्शकमाझ आउँदै इकु – Naya Bikalpa
April 16, 2024, Tuesday

फिर्के लिएर दर्शकमाझ आउँदै इकु

काठमाडौ । फिल्म ब्याक अगेन पछि हराएका ईकुुको नामले चर्चित सुलेमान शंकरअब दर्शकमाझ नेपाली चलचित्र ‘फिर्के’ लिएर आउँदैछन् । उनले यो फिल्म धमाधाम निर्माण गरिरहेका छन् । आगामी १४ पुषबाट नेपालका सिनेमा हलमा रिलीज मिति तोक्दै यो चलचित्रको फस्ट लुक्स (पोष्टर) बुधबार सार्वजनिक गरिएको छ । बुधबार यो चलचित्रको दुई ओटा पोष्टर सार्वजनिक गरिएको छ ।
यसअघि ईकुु र ईकु–२ चलचित्रको निर्माण गरिसकेका कलाकार सुलेमान शंकरले फिर्केमा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेको बताएका छन् । यो चलचित्रलाई निर्माणमा उनलाई ओमलाल गुरुङ र राजेश श्रेष्ठले साथ दिएका छन् ।
तितो सत्य, जिरे खुर्सानी, लगायतका टेली चलचित्रमा बेईमानका रुपमा परिचित रबीले आधा दर्जन नेपाल भाषाको चलचित्र निर्देशन पछि नेपाली चलचित्र निर्देशनमा पनि हात हालेका हुन् । यो चलचित्रलाई काठमाडौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछ । अभिमन्यू निरबीको लेखन रहेको छ ।
फिर्केमा अर्पण थापा, सुलेमान शंकर (इकु), ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतको अभिनय छ । । रवि डंगोलले निर्देशन यो चलचित्रको निर्देशन गरेका हुन् । बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन, मित्रदेब गुरुङको सम्पादन, राम कुमार केसीको छायांकन रहेको छ ।

सम्बन्धित समाचार

मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
  • २०७४ कार्तिक २३, ०९: ५४

मुम्बई। चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित...

अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
  • २०७४ कार्तिक २३, ०९: ५४

मुम्बइ । अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा...

नेपाली चलचित्रको बलियो बजार बन्दै
नेपाली चलचित्रको बलियो बजार बन्दै
  • २०७४ कार्तिक २३, ०९: ५४

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि...