काठमाडौ । फिल्म ब्याक अगेन पछि हराएका ईकुुको नामले चर्चित सुलेमान शंकरअब दर्शकमाझ नेपाली चलचित्र ‘फिर्के’ लिएर आउँदैछन् । उनले यो फिल्म धमाधाम निर्माण गरिरहेका छन् । आगामी १४ पुषबाट नेपालका सिनेमा हलमा रिलीज मिति तोक्दै यो चलचित्रको फस्ट लुक्स (पोष्टर) बुधबार सार्वजनिक गरिएको छ । बुधबार यो चलचित्रको दुई ओटा पोष्टर सार्वजनिक गरिएको छ ।
यसअघि ईकुु र ईकु–२ चलचित्रको निर्माण गरिसकेका कलाकार सुलेमान शंकरले फिर्केमा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेको बताएका छन् । यो चलचित्रलाई निर्माणमा उनलाई ओमलाल गुरुङ र राजेश श्रेष्ठले साथ दिएका छन् ।
तितो सत्य, जिरे खुर्सानी, लगायतका टेली चलचित्रमा बेईमानका रुपमा परिचित रबीले आधा दर्जन नेपाल भाषाको चलचित्र निर्देशन पछि नेपाली चलचित्र निर्देशनमा पनि हात हालेका हुन् । यो चलचित्रलाई काठमाडौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछ । अभिमन्यू निरबीको लेखन रहेको छ ।
फिर्केमा अर्पण थापा, सुलेमान शंकर (इकु), ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतको अभिनय छ । । रवि डंगोलले निर्देशन यो चलचित्रको निर्देशन गरेका हुन् । बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन, मित्रदेब गुरुङको सम्पादन, राम कुमार केसीको छायांकन रहेको छ ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...