
नयाँ विकल्प,
काठमाडौं–मंगलबार विहान प्रहरीले बरामद गरेको सुन नक्कली भएको विषयमा छानविन गर्न एसएसपीको नेतृत्वमा समिति गठन गरिएको छ ।
मंगलबार विहान काठमाडौंको कमलादि स्थित कृष्ण पाउरोटी चोक नजिकबाट प्रहरीले १५ केजी सुन बरामद गरेको जनाएको थियो ।
उक्त सुन परिक्षण गराउँदा नक्कली अर्थात चाँदी रहेको विषय शंकास्पद रहेको भन्दै प्रश्न उठेपछि महानगरीय प्रहरी कार्यालयले छानविन समिति गठन गरेको हो ।
उक्त छानविन समितिको संयोजकमा महानगरीय एसएसपी दीपक थापा रहेका छन। त्यस्तै सो छानविन समितिमा महानगरीय प्रहरी कार्यालयकी एसएसपी किरण वज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, एसपी दुर्गा दाहाल र डीएसपी राजकुमार सदस्य रहेका छन ।
प्रहरीले शंकालागेर चेक जाँच गर्ने क्रममा मंगलबार विहान ९ बजे बा ६च ५५१९ नम्बरको स्कार्पिया चालक दुई थान हतियार र उक्त नक्कली भनिएको सुन फ्याकेर फरार रहेका थिए ।
बरामद गरिएको भनिएको सुन चाँदी हुनु र भागेको गाडि अहिले सम्म नियन्त्रणमा नआउनु शंकास्पद रहेको भन्दै यसको सर्वत्र आलोचना भैरहेको छ ।
लुम्बिनी : नेपालस्थित भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न...
काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...