
काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ दोश्रो पटक अवतरण भएको छ।
बिहीबार चीनको कुनमिङ विमानस्थलबाट चार्टड उडानमार्फत सिचुवानको न्यारोबडी एयरबस ३१९ पोखरा अन्तराष्ट्रिय विमानस्थल आईपुगेको हो।
पोखरामा शनिबार हुने तेस्रो संस्करणको ‘क्रस कन्ट्री दौड’ मा सहभागी हुने चिनियाँ खेलाडी, प्रतिनिधि र पाहुनासहित १२० जना बोकेर सिचुवानको जहाज पोखरा विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी जशोदा सुवेदीले जनाईन।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गतवर्षको असार ६ गते सिचुवानको न्यारोबडी एयरबस ३१९ ले नै पहिलो अन्तर्राष्ट्रिय उडान भरेर आएको थियो। यो एयरवसको अवतरणसँगै यो विमानस्थलमा आठौं चार्टर बिमानले अवतरण गरिसकेका छन्।
त्यतिबेला पोखराको फेवातालमा पहिलोपटक भएको ‘ड्रागन बोट रेस फेस्टिबल’ मा सहभागी हुने खेलाडी र चिनियाँ पाहुनालाई चीनको छेन्दुबाट चाटर्ड उडान भरेर आएको हो।
सन् २०२३ जनवरी १ मा पोखराको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो। त्यसयता उक्त विमानस्थलबाट नियमित रुपमा आन्तरिक उडान मात्रै भइरहेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...