
काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल सरकारका उर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को स्वामित्वमा रहेको कम्पनीसहित एक दर्जन बढीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
कार्यालयले कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिका संचालक (मुख्य व्यक्ति) नै पूर्णबहादुर तामाङ रहेको भन्दै उनको कम्पनीसँगै एनबी जकन्स्ट्रक्सनका मुख्य व्यक्ति रमिला लामा र दीपक थिङलाई समेत विपक्षी बनाइएको छ।
कान्छाराम र एनबी कन्सट्रक्सन कम्पनी लिमिटेडको ज्वेन्ट भेन्चरलाई सडक विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन तुम्लिङटार खोटाङले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदाफा (१) बमोजिम कालो सूचीमा राख्न कार्यालयलाई सिफारिस गरेको थियो।
कालोसूचीमा पर्ने अन्य कम्पनीहरुमा टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।
यसैगरी बी.जी. निर्माण सेवा प्रालि पोखरा, पूजा कन्स्ट्रक्सन धनकुटा र साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन्।
हेर्नूस् सूची –

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...