अनुशासन समितिको कार्यक्षमतामाथि पौडेलले उठाए गम्भिर प्रश्न – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

अनुशासन समितिको कार्यक्षमतामाथि पौडेलले उठाए गम्भिर प्रश्न

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल



नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले समेत पार्टीको केन्द्रीय अनुशासनको काम कारबाहीप्रति गम्भिर असहमति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटमा पौडेलले आफ्नो गृह जिल्ला तनहुँका नेता तथा पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही ढिलो गरेको भन्दै केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि गम्भिर प्रश्न उठाएका हुन् ।

पौडेलले आफूसँग तनहुँ निर्वाचन क्षेत्र नं १ मा वागी उमेदवारी दिएका जोशीलाई पार्टीको बिधान अनुसार त्यतिबेलै कारबाही गरिनु पर्ने तर्क गर्दै जोशीलाई हालै कारबाही गर्दा उमेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा बमोजिम कारबाही गरेकोमा प्रश्न उठाएका हुन् ।

जोशीको कारबाही ढिलो भएको र ओझालाई कारबाही गरेकोमा रामचन्द्रको आपत्ति


पौडेलले विगत निर्वाचनमा पार्टीका आधिकारीक उमेदवार विरुद्ध उमेदवारी दिने ३२ जना उमेदवार र प्रस्तावक समर्थकलाई कांग्रेसको विधानको दफा ४ वमोजिम पार्टी सदस्यता नरहने गरी निस्कासित गर्दा तनहूँ क्षेत्र नं १ का वागी उम्मेदवार जोशीलाई कारवाही नगरेको भन्दै गम्भीर असंतुष्टी जनाएका हुन् ।

जोशीसंग जोडेर सिटिङ्ग संसद तथा उम्मेदवारी खेसिएका कैलालीका पुष्कर ओझालाई स्पष्ट आधार र कारण बिना नै विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीबाट निस्कासनको कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमता माथी गम्भीर प्रश्न उठेको पौडेलले जनाएका हुन् ।

केन्द्रीय अनुशासन समितिको साउन १० गतेको बैठकले पार्टीका पूर्वसहमहमन्त्री गोविन्दराज जोशी र पूर्वराज्य मन्त्री तथा सांसद पुष्करनाथ ओझालाई ५वर्षसम्म र डडेलधुरा जिल्ला पार्टी कार्यालयका सचिव रामबहादुर विष्टलाई तीन वर्षसम्मको लागि पार्टीको साधारण सदस्यताबाट निकाल्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
  • २०७७ श्रावण १५, १४: ४७

लुम्बिनी : नेपालस्थित भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न...

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०७७ श्रावण १५, १४: ४७

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०७७ श्रावण १५, १४: ४७

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...