
काठमाडौं : वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा काठमाडौं आइपुगेका छन् । शुक्रबार बिहान काठमाडौं आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरू हेर्नेछन् भने क्रिकेट खेलाडीहरूसँग साक्षात्कारसमेत गर्नेछन् । एनपीएलको पहिलो संस्करणलाई विशेष बनाउन क्यानले लारालाई निमन्त्रण गरेको हो ।
लाराले वेस्टइन्डिजका लागि १३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने २९९ ओडिआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन्।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा युएईलाई ६ रनले पराजित गरेको छ। वर्षाले प्रभावित बनेको...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...