पत्रकार महासंघ कास्कीको अध्यक्षमा बराल निर्वाचित – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

पत्रकार महासंघ कास्कीको अध्यक्षमा बराल निर्वाचित

पोखरा : नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । शनिवार बिहान सम्पन्न मतगणना अनुसार बराल निकटतम प्रतिस्पर्धी राजेन्द्र अधिकारीभन्दा ९ भोट अन्तरले विजयी भएका हुन् ।

बरालको १०५ र अधिकारीको ९६ मत आएको निर्वाचन समितिले जनाएको छ । कास्कीको निर्वाचनमा २०५ मत खसेको थियो । बराल युनियन र चौतारी प्यानलका उम्मेदवार हुन् भने अधिकारी विपक्षी प्यानलका हुन् । अन्य पदहरूमा पनि युनियन चौतारी प्यानलकै उम्मेदवारको वर्चस्व छ ।

उपाध्यक्षमा माधव रेग्मी, महिला उपाध्यक्षमा कञ्चन थापा, सचिवमा भुपाल गुरुङ, सहसचिव खुलामा मधु अधिकारी, समावेशी सहसचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा राजाराम पौडेल विजयी भएका छन् ।

सदस्यहरुमा अर्जुन गाहा सुशान्त (१५१), गौरव त्रिपाठी (१४३), राजु गिरी (१३२), बालकुमारी पौडेल (१२९), सन्तोष सुवेदी (१२८), रिखिराम जिसी (११७०), तुलसीराम सुवेदी (१०७), निराजन अधिकारी (१०६) र पुष्पराज दाहाल (१०४) विजयी भएका छन् ।

सम्बन्धित समाचार

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०८१ मंसिर २९, १५: ५४

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०८१ मंसिर २९, १५: ५४

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...

बल्खुमा चल्यो डोजर
बल्खुमा चल्यो डोजर
  • २०८१ मंसिर २९, १५: ५४

काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...