
झापा : नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्षमा भरतबहादुर खड्का विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार उहाँ छ सय १४ मतसहित विजयी भएको निर्वाचन अधिकृत यज्ञप्रसाद शर्माले बताए ।
उनका अनुसार उपाध्यक्षमा कुमोद निरौला, महिला उपाध्यक्षमा अम्बिका (चन्द्रकला) भण्डारी, महासचिवमा हिमाकुमारी चेम्जोङ, समावेशी सचिवमा अरविन्दकुमार मेहता र कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । खुल्ला सचिवमा यसअघि नै धुव्र भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी, सदस्यमा इन्द्र गिरी, चन्द्रबहादुर कार्की, पर्शुराम थापा, राजकुमारी ओली, रामधन राई, किशोर विश्वकर्मा, खगेन्द्रकुमार राई, लोख्पाजी शेर्पा, अविनाशकुमार निधि, आशीषकुमार यादव र लुकमान अंसारी निर्वाचित भएका छन् ।
काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...
काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...