
काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा जेठो छोराले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत अवस्थामा फेला परेका थिए ।
उनीहरुको हत्या मिलनले गरेको आशंकासहित प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
मिलन कुलप्रसादका जेठा छोरा हुन् । २५ वर्षीय मिलन मंगलबार बिहान आफैं महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ ।
एक प्रहरी अधिकारीका अनुसार आफैंले बाबु र भाइको हत्या गरेको भनेर उनले स्वीकार गरेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...