हेटौँडा र काठमाडौं जोड्ने सडक आंशिक रुपमा सञ्चालनमा ल्याउने निर्णय – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

हेटौँडा र काठमाडौं जोड्ने सडक आंशिक रुपमा सञ्चालनमा ल्याउने निर्णय

हेटौँडाः बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्थानीयको विरोधपछि आंशिक रुपमा सञ्चालनमा ल्याउने निर्णय भएको छ ।

यसअघि सडक स्तरोन्नतिको कारण काठमाडौंको सडक डिभिजन कार्यालयले पुस ७ गतेदेखि माघ ६ गतेसम्म २४ सै घण्टा बन्द गर्ने निर्णय गरेको थियो। तर स्थानीयवासीको विरोधपछि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सडक बन्द गरिने र त्यस बाहेकका समय बिहान र बेलुका सञ्चालन गरिने सहमति भएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार पानी घाटदेखि चन्द्रागिरि भञ्ज्याङसम्मको खण्डमा स्तरोन्नतिको काम भइरहेकाले दिनको समयमा सवारी आवागमनमा रोक लगाइएको हो। वैकल्पिक मार्गको प्रयोग गर्न भनेको भए पनि यात्रु र चित्लाङ क्षेत्रमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा समस्या भएपछि स्थानीयले विरोध गरेका थिए ।

थाहा नगरपालिका वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष रामकृष्ण कपालीले स्थानीयको गुनासो समाधान गर्न सडक डिभिजन कार्यालयसँग सहकार्य गरी बिहान र बेलुका सडक सञ्चालन गराउने सहमति जुटाएको जानकारी दिए । उनका अनुसार अब बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द हुने र त्यसबाहेक अन्य समयमा सवारीसाधन सञ्चालनमा कुनै अवरोध नहुनेछ। उक्त निर्णयले यात्रु र स्थानीय कृषकलाई राहत मिलेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०८१ पुष १०, ११: ३१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०८१ पुष १०, ११: ३१

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०८१ पुष १०, ११: ३१

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...