सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशाेधनकाे प्रक्रिया अघि बढ्छ : उपप्रधानमन्त्री सिंह – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशाेधनकाे प्रक्रिया अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशाेधनकाे प्रक्रिया अघि बढाइने बताएका छन् । बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेकाे कार्यदल बनिसकेकाे र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेकाे बताए ।

‘संविधान संशाेधनकाे प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेकाे कार्यदल गठन भइसकेकाे छ । कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग गरेर नै संविधान संशोधनकाे प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले बुधबार रूपन्देहीकाे सियारी गाउँपालिकामा सियारी पर्यटन करिडाेरकाे शिलान्यास र दयानगर दानव लिफ्ट सिँचाइ याेजनाकाे उद्घाटन गरे । पर्यटन करिडाेर र लिफ्ट सिँचाइ आयाेजनाले सियारी गाउँपालिकाका नागरिककाे आर्थिक अवस्था परिवर्तन गराउने उनले विश्वास व्यक्त गरे ।

‘गरे देशमै हुन्छ भन्ने उदाहरण सियारी गाउँपालिका बनेकाे छ । देशमा केही भएन भन्ने भाष्य बनाउन खाेजिएका बेला सियारी गाउँपालिकाले एउटा नमूना प्रस्तुत गरेकाे छ,’ उपप्रधानमन्त्री सिंहले भने,’ पर्यटन करिडाेरले यहाँकाे पर्यटन प्रवर्द्धनमा याेगदान पुग्ने छ भने लिफ्ट सिँचाइले यहाँकाे कृषि उत्पादन बढाउने र यहाँका कृषककाे समृद्धिका लागि याेगदान पुग्नेमा विश्वस्त छु ।’

नागरिककाे जीवनमा परिवर्तन ल्याउन सियारी गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रमा गरेकाे काम उदाहरणीय भएकाे भन्दै उनले प्रशंसा गरे । लिफ्ट सिँचाइ आयाेजनाले १०५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा हुनेछ ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले कृषककाे चाहना अनुसार पालिकाले काम गरिरहेकाे बताए । ‘दुई वटा याेजना सफल भएपछि यहाँकाे आर्थिक अवस्थामा आमूल परिवर्तन हुनेछ,’ उनले भने ।

त्यस्तै फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले कोभिडपछिको धरायशी अर्थतन्त्रलाई चलायमान बनाउन र लयमा ल्याउन सरकारले काम गरिरहेको र अहिले सुधारकाे संकेत देखिन थालेकाे बताए । ‘कोभिडपछिको अर्थतन्त्र उकास्न सरकारले काम गरिरहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित छ,’ उपप्रधानमन्त्री सिंले भने, ‘अर्थतन्त्र सुधार्न उच्च स्तरिय संयन्त्र बनाएका छौं । अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको छ ।’

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०८१ पुष १०, १२: १२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०८१ पुष १०, १२: १२

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०८१ पुष १०, १२: १२

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...