एमालेले रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

एमालेले रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन

काठमाडौं : एमालेले पूर्वउपाध्यक्ष भीम रावलसहित ३ नेताहरूलाई पार्टीबाट निष्कासित गरेको छ ।

पार्टी कार्यालय बनाउन दान लिएको बारे आलोचनात्मक धारणा राखेका उनीहरूलाई एमाले सचिवालय बैठकले जिम्मेवारी खोसेको छ ।

उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएको बुधबार बसेको सचिवालय बैठकले निष्कर्ष निकाल्दै उनीहरूको जिम्मेवारी खोसेको हो । नेता रावल, बिन्दा पाण्डे र उषाकिरण तिमिल्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोस्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

 रावललाई कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो ।

आजको सचिवालय बैठकले पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीबाट हटाएको हो ।

यसैबीच एमालेको केन्द्रीय कमिटीको आठौं बैठक पुस २१ र २२ गते बस्ने भएको छ।

रावल १०औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बनेका थिए । अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्य अस्वीकार गरे । त्यसपछि पार्टीले सल्लाहकार परिषद्‌मा जिम्मेवारी दिए पनि बस्न अस्वीकार गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०८१ पुष १०, १८: ४०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०८१ पुष १०, १८: ४०

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०८१ पुष १०, १८: ४०

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...