भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

एजेन्सी : भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान ( एम्स)मा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बिहीबार साँझ निधन भएको एम्सले जानकारी दिएको छ ।

घरमै बेहोस भएपछि उनलाई एम्सको इमर्जेन्सीमा ल्याइएको थियो, तर भारतीय समयअनुसार राति ९.५१ बजे उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।

सिंह भारतीय राष्ट्रिय कंग्रेसबाट २ पटक भारतको प्रधानमन्त्री भए । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए ।

उनी सन् १९९१–९६ सम्म भारतको अर्थमन्त्री थिए । त्यतिबेला पीवी नरसिंह राव देशको प्रधानमन्त्री थिए । नरसिंह रावलाई देशमा आर्थिक उदारीकरणका पिता मानिन्छ । मनमोहन सिंहले आफ्नो नीति कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

सिंहको निधनमा भारतका राष्ट्रपति तथा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले श्रद्धान्जली व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०८१ पुष ११, २३: १४

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०८१ पुष ११, २३: १४

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...

बल्खुमा चल्यो डोजर
बल्खुमा चल्यो डोजर
  • २०८१ पुष ११, २३: १४

काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...