
काठामाडौंः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् ।
जनकपुरधाममा आइतबार पत्रकार सम्मेलमा बोल्दै नेता कोइरालाले केन्द्रले संघीयताको मर्म नबुझेका कारण निजामती कर्मचारी ऐन, शिक्षा ऐन, प्रहरी ऐन लगायतका ऐन हालसम्म बन्न नसकेको र यसमा आफू स्वयं पनि जिम्मेवार रहेको बताए ।
मधेश प्रदेश मात्र नभएर सात वटै प्रदेशमा यसले प्रभाव परिरहेको उनले धारणा राखे । यसमा कांग्रेसलगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उत्तिकै जिम्मेवार रहेको उनले बताए । त्यस्तै, यसको समाधानका लागि जतिसक्दो चाँडो निजामती कर्मचारी ऐन, प्रहरी ऐन, शिक्षा ऐन ल्याउन आवश्यक रहेको उनले बताए ।
तत्काल यी ऐन नल्याए प्रदेश नचल्ने उनको भनाइ छ । सीडीओलाई प्रदेशको गृहमन्त्रीले चलाउन नसक्ने अवस्था रहेकाले नियम कानुन बनाएर दिन आवश्यक रहेको उनले औंल्याए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...