सामाजिक सञ्जाल कम्पनीलाई दर्ता हुन सरकारको आग्रह – Naya Bikalpa
February 6, 2025, Thursday

सामाजिक सञ्जाल कम्पनीलाई दर्ता हुन सरकारको आग्रह

काठमान्डौ । सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन आग्रह गरेको छ ।निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल कम्पनी सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने उल्लेख छ । यस्तै, दफा ६ मा नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार एक सूचनामार्फत सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम त्यस्ता कम्पनीलाई नेपालमा दर्ता हुन र सम्पर्क व्यक्ति तोक्न भनेको हो ।

नेपालमा फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, टिकटक, युट्युबलगायत विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल सञ्चालनमा छन् । यीमध्ये धेरैजसो कम्पनी नेपालमा दर्ता भएका छैनन् ।

सम्बन्धित समाचार

श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
  • २०८१ माघ २१, १६: ४४

काठमाडौं ।आम जनता पार्टी (आजपा) निकटको आम ट्रेड युनियन फेडरेशनले श्रमिकका हकअधिकार सहित बिभिन्न माग गर्दै श्रम तथा रोजगार मन्त्री...

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०८१ माघ २१, १६: ४४

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
  • २०८१ माघ २१, १६: ४४

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त...