गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंका सडकमा ‘नो केबलकार समूह’ – Naya Bikalpa
February 6, 2025, Thursday

गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंका सडकमा ‘नो केबलकार समूह’

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा देखिएको विवादमा ‘नो केबलकार समूह’ ले काठमाडौंमा पनि प्रदर्शन गरेको छ । गत माघ १२ मा प्रहरीसँग भएको झडपका क्रममा दुईजनालाई गोली लागेको थियो । त्यसयता केबलकारविरोधी समूहले आन्दोलन चर्काउँदै आएको छ । सोमबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् ।उनीहरुले ‘आदिवासीको भूमि फिर्ता गर, आदिवासीलाई विस्थापित गर्ने विकास चाहिँदैन, मुक्कुमलुङको संरक्षण गरौँ, असक्षम गृहमन्त्री राजीनामा दे !,गिरफ्तार गरिएका योद्धालाई बिनाशर्त रिहा गर,केवलकार खारेज गर, राज्य ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।त्यस्तै उनीहरुले जनताहरुमाथि गोली चलाउने काम भएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए ।

त्यसयता केबलकार विरोधी समूहले आन्दोलन चर्काउँदै आएको छ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो ।

 

 

सम्बन्धित समाचार

सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
  • २०८१ माघ २१, १६: ५४

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०८१ माघ २१, १६: ५४

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
  • २०८१ माघ २१, १६: ५४

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त...