प्रतिनिधि सभामा सत्तापक्षमा प्रष्ट बहुुमत छ । तर, राष्ट्रिय सभामा जसपा नेपालको मत निर्णायक छ । यसकारण जसपा नेपालले विज्ञहरुसँग परामर्श गरेर नै अध्यादेशबारे निर्णय लिन लागेको हो ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन कार्यदलको बैठक आज पनि बस्दै छ । बैठकमा हालै सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशहरुका सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी पाटीको धारणा बनाउन सुझाव दिनका लागि पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनिसकुमार सुमन र शैलेन्द्रकुमार साह रहेको कार्यदल गठन गरेको छ ।
बैठकपछि जसपा नेपालले परिपत्र जारी गरी चार सदस्यीय विशेष टास्क फोर्स र तीन सदस्यीय टास्क फोर्स गठन गर्ने निर्णय भएको जनाएको हो।
विशेष टास्क फोर्समा पार्टी उपाध्यक्ष राजकिशोर यादवलाई संयोजक बनाइएको छ। विशेष टास्क फोर्समा खालिद सिद्धिकी, मनिषकुमार सुमन र शैलेन्द्र प्रसाद साह सदस्य छन्।
त्यस्तै बैठकबाट पार्टीको केन्द्रीय सदस्यहरुमा आत्माराम साह, खेमनारायण यादव, दिलबहादुर लामा र धुर्व राई मनोनित भएका छन् ।
जसपा नेपालको विधानको धारा ३५ अनुसार सुमन कुमार चौधरीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय सल्लाहकार समिति गठन भएको छ ।
प्रतिनिधि सभामा सत्तापक्षमा प्रष्ट बहुुमत छ । तर, राष्ट्रिय सभामा जसपा नेपालको मत निर्णायक छ । यसकारण जसपा नेपालले विज्ञहरुसँग परामर्श गरेर नै अध्यादेशबारे निर्णय लिन लागेको हो ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...
काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...
काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...