एकीकृत समाजवादीले तोक्यो केन्द्रीय विभागका प्रमुख र उपप्रमुख – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

एकीकृत समाजवादीले तोक्यो केन्द्रीय विभागका प्रमुख र उपप्रमुख

काठमाडौं । नेकपा एकीकृत (एकीकतृ समाजवादी) ले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखहरू तोकेको छ ।

यही माघ १४ गते पार्टीले ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको जिम्मेवारीसहित जारी गरेको अन्तर पार्टी निर्देशनमा एकीकृत समाजवादीका महासचिव भुसालले कम्युनिष्ट पार्टीहरूका प्रचलितभन्दा फरक जिम्मेवारी पाएका हुन् ।जसमा पार्टी स्कुल विभाग प्रमुखमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्वय डा. बेदुराम भुसाल र डा. विजय पौडेललाई जिम्मेवारी तोकेको छ ।

यस्तै, अनुगमन तथा मूल्यांकन विभाग प्रमुखमा पार्टी महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ।

सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङकन विभाग प्रमुखमा महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ ।

यो कार्यविभाजनको प्रस्ताव महासचिव भुसालले नै तयार पारेका थिए । तर, अध्यक्ष माधव नेपालले उक्त प्रस्ताव हेरफेर गरेपछि विभादसमेत भएको थियो । पार्टीका एक पदाधिकारीकाअनुसार सङ्गठन विभागको जिम्मेवारीमा महासचिव भुसालसँगै उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता भुसालले आकांक्षा राखेका थिए ।

अध्यक्ष नेपालकै चाहनाअनुसार एकीकृत समाजवादीले अहिले ३३ वटा विभागको कार्यविभाजन टुङ्ग्याएर अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८१ माघ २३, १३: ३०

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८१ माघ २३, १३: ३०

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८१ माघ २३, १३: ३०

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...