काठमाडौं । नेकपा एकीकृत (एकीकतृ समाजवादी) ले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखहरू तोकेको छ ।
यही माघ १४ गते पार्टीले ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको जिम्मेवारीसहित जारी गरेको अन्तर पार्टी निर्देशनमा एकीकृत समाजवादीका महासचिव भुसालले कम्युनिष्ट पार्टीहरूका प्रचलितभन्दा फरक जिम्मेवारी पाएका हुन् ।जसमा पार्टी स्कुल विभाग प्रमुखमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्वय डा. बेदुराम भुसाल र डा. विजय पौडेललाई जिम्मेवारी तोकेको छ ।
यस्तै, अनुगमन तथा मूल्यांकन विभाग प्रमुखमा पार्टी महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ।
सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङकन विभाग प्रमुखमा महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ ।
यो कार्यविभाजनको प्रस्ताव महासचिव भुसालले नै तयार पारेका थिए । तर, अध्यक्ष माधव नेपालले उक्त प्रस्ताव हेरफेर गरेपछि विभादसमेत भएको थियो । पार्टीका एक पदाधिकारीकाअनुसार सङ्गठन विभागको जिम्मेवारीमा महासचिव भुसालसँगै उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता भुसालले आकांक्षा राखेका थिए ।
अध्यक्ष नेपालकै चाहनाअनुसार एकीकृत समाजवादीले अहिले ३३ वटा विभागको कार्यविभाजन टुङ्ग्याएर अन्तरपार्टी निर्देशन जारी गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...
काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...
काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...