काठमाडौं । बंगलादेशको राजधानी ढाकामा पुनः हिंसा मच्चिएको छ । आवामी लिगले आयोजना गरेको विरोध प्रदर्शनअघि हिंसा भड्किएको हो ।
बुधबार राति प्रदर्शनकारीहरूले बङ्गलादेशका संस्थापक शेख मुजिबर रहमानको ढाका स्थित घर तोडफोड गर्दै आगजनी गरेका छन्।
शेख हसीनाका आफन्त शेख सोहेल र शेख जेवेलका घरहरूमा पनि बुलडोजर लगाएर भत्काइएका स्थानीय मिडियाहरूले खबर लेखेका छन्।
आवामी लिगले ६ फेब्रुअरी अर्थात् आजका लागि देशव्यापी प्रदर्शनको आह्वान गरेको थियो । लिगले प्रस्ताव गरेको देशव्यापी विरोध प्रदर्शनको पहिला नै कैयौं सहरमा बुधबार राति हिंसा भड्किएको हो ।
विद्यार्थी संगठन ‘२४ रिभोल्युसनरी स्टुडेन्ट( जनता’ले ‘बुलडोजर मार्च’ निकाल्ने घोषणा गरेपछि हिंसा सुरु भएको हो। प्रदर्शनकारीहरू ‘शेख हसिनालाई फाँसी दे’ भन्दै नारा लगाइरहेका थिए।
नयाँ सरकारले हसीनामाथि देशद्रोह, हत्या, अपहरण लगायत २२५ मुद्दा लगाएको छ। उनको पासपोर्ट रद्द गरिएको छ भने गिरफ्तारी वारन्ट जारी पनि जारी गरिएको छ ।
बङ्गलादेशले भारतलाई हसिनालाई डिपोर्ट गर्न अनुरोध गरेको छ, तर भारतले उनको भिसा अवधि बढाइसकेको छ।
हसिनाका विरोधीहरुले बंगलादेशमा अशान्ति फैलाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
बंगलादेशमा मच्चिइरहेको यो हिंसालाई सामाजिक सञ्जालमा ‘बुलडोजर जुलुस’ भनिएको छ । प्रदर्शनकारीहरूले हमला गरिरहँदा त्यहाँ सुरक्षाकर्मी पनि तैनाथ थिए । भिडलाई यी कामबाट रोक्न सुरक्षाकर्मीले गरेको सम्झाउने प्रयास असफल भएको सञ्चारमाध्यमहरूले लेखेका छन् ।
केही प्रदर्शनकारी शेख मुजिबर रहमानको घर र संग्रहालयमा घुसेर तोडफोड र आगजनी गरेका हुन् । यसका तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
हिंसा मच्चिएपछि पूर्वप्रधानमन्त्री शेख हसिनाले इतिहास मेटाउन नसकिने र समयले बदला लिने चेतावनी दिएकी छन् ।
जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म हुने भएको छ । विगतमा भिन्नभिन्न समूहमा...
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने नीति अपनाएको बताएका...