सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब भृकुटीमण्डमा आजपाले अर्थ बिज्ञसहितको सहभागितामा ‘कर आतंक कहिलेसम्म ?’ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गर्दै छ ।

अन्तरक्रिया कार्यक्रममा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापा, अर्थबिद्ध एवं पूर्व गभर्नर डा.दिपेन्द्रबहादुर क्षेत्री, अर्थबिद्ध प्राडा गोपीनाथ न्यौपाने लगायतको सहभागिता रहने आजपा स्थायी कमिटी सदस्य एवं कार्यालय सचिव रबिन्द्र सिंहले जनाएका छन् ।

सरकारको मनपरी कर आतंकले मुलुकको अर्थतन्त्र धरासायी बन्दै गईरहेको भन्दै आजपाले बिगतदेखी ने संघर्ष गर्दै आएको छ । सरकारको मनपरी कर आतंक बिरुद्ध आजपाले हालै काठमाडौं, वीरगंज, चितवन, पोखरा सहितका प्रमुख शहरहरुमा विरोध सभाका साथै विरोध प्रदर्शन, भेला गरेको छ ।

मुलुकलाई समृद्ध बनाउँन सरकारको मनोमानी कर आतंक बन्द हुनुपर्ने आजपाले माग गर्दै आएको छ । अर्थतन्त्रमा गुणात्मक सुधार सहित देशमा सुशासन, विकास र समृद्धिको जनचाहना पूरा गराउँनका लागि सरकारको मनोमानी कर आतंक बन्द नभएसम्म पार्टीद्धारा जारी संघर्षका कार्यक्रम जारी रहने आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

आजपा काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा हुन लागेको अन्तरक्रिया कार्यक्रममा अर्थ क्षेत्रका विविध बिषयमा गम्भिर छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ माघ २४, १७: ३७

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८१ माघ २४, १७: ३७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८१ माघ २४, १७: ३७

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...