आज घट्यो काठमाडौंको तापक्रम – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

आज घट्यो काठमाडौंको तापक्रम

काठमाडौं ।बिहीबारको तुलनामा आज पनि काठमाडौंको न्यूनतम तापक्रम घटेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५.४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन भएको छ।

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो।काठमाडौंको ‍आकाश बिहानको समयमा सफा रहेका रहेका कारण न्यूनतम तापक्रम तुलनात्मक रूपमा घटेको मौसमविदहरूले बताएका छन्।

दिउँसो काठमाडौंको ‍ मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।
अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियसकाबीच रहने प्रक्षेपण छ। बिहीबार काठमाडौंको अधिकतम तापक्रम २३.८ डिग्री सेल्सियस मापन भएको थियो।

माघ महिना उत्तरार्द्ध पुगिसकेकाले अब तापक्रम विस्तारै बढ्दै जाने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ माघ २५, ०८: ३५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ माघ २५, ०८: ३५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८१ माघ २५, ०८: ३५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...