अध्यादेश पारित गरी सुधारको अभियानलाई गति दिनुपर्ने सांसद ढकालको धारणा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

अध्यादेश पारित गरी सुधारको अभियानलाई गति दिनुपर्ने सांसद ढकालको धारणा

काठमाडौं|  प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपाल सरकारद्वारा संसद्मा पेश गरिएका ६ वटा अध्यादेशलाई पारित गर्न सबै सांसदलाई आग्रह गरेका छन्। बिहीबार संसदमा बोल्दै उनले यी अध्यादेशहरू जनहितका लागि ल्याइएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर पारित गर्नुपर्ने बताए।

उनका अनुसार, सरकारले २९ वटा ऐन संशोधन गर्न प्रस्ताव गरेको छ, जसले सार्वजनिक सेवा सुधार, व्यवसाय प्रवद्र्धन, सुशासन र समग्र आर्थिक विकासमा योगदान दिनेछ। “सेवाग्राहीका काम ७ दिनभित्र सक्ने, उद्योग दर्ता १५ दिनमै हुने जस्ता प्रावधानहरू जनहितमा छन्, जसबाट लाखौं नागरिक लाभान्वित हुनेछन्,” उनले भने।

सांसद ढकालले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनदेखि सूचना प्रविधि क्षेत्रको विस्तार सम्मका उपाय समेटिएको भन्दै यी विधेयकहरू पारित गर्नुपर्नेमा जोड दिए। “प्रधानमन्त्रीले सुधारको हुटहुटी देखाउनुभएको छ, अब संसदले पनि साथ दिनुपर्छ,” उनले थपे।

उनले सबै दलका सांसदहरूलाई मुलुकको विकासलाई केन्द्रमा राखेर सोच्न आग्रह गर्दै भने, “हामी सबै मिलेर समृद्ध नेपालको सपना साकार पार्नुपर्छ। देश विकासका एजेन्डामा सबै एक ठाउँमा उभिन जरुरी छ।”

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ माघ २५, ०९: ०९

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ माघ २५, ०९: ०९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८१ माघ २५, ०९: ०९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...