सुर्खेत । आइतबार दिउँसो सुर्खेतमा भएको बस दुर्घटनामा परी घाइते भएका ३९ जना मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन्।घाइतेको कोहलपुरमा उपचार भइरहेको छ । भेरीगंगा नगरपालिका–५ सोनु खोलामा बस दुर्घटनामा घाइतेमध्य चार जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको हो ।
गम्भीर घाइते हुनेमा बस चालक गुँरास गाउँपालिका–१, का ३४ वर्षीय गोविन्द खड्का, अर्का चालक ठेगाना नखुलेका दिपक तामाङ, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका ५४ वर्षीय ऋषिराम अधिकारी र ५९ वर्षीय भक्तिराम अधिकारीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...