
नयाँ विकल्प,
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था नेपाल (इप्पान)को नयाँ कार्यसमिति कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सर्वसम्मतले चयन भएको छ ।
झण्डै डेढ महिनाअघि तोकिएको इप्पानको नयाँ कार्यसमिति चयनको निर्वाचन कार्यतालिका जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड १९ संक्रमणको जोखिमलाई देखाउँदै स्थगित गराएको थियो ।
इप्पानको नयाँ नेतृत्व चयनको लागि दुई प्यानल भएर उर्जा उत्पादकहरु चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । उम्मेदवारी घोषणा र दर्ता भएर मतदानको स्थान र समय निर्धारण भएपछि नेतृत्व चयन प्रक्रिया नै स्थगित भएको थियो ।

आइतबार दुवै प्यानलका उम्मेदवारहरुबीच भएको सहमति अनुसार आचार्य अध्यक्ष भएसँगै उनकै प्यानलका उपाध्यक्षका उम्मेदवारहरु आशिष गर्ग र गणेश कार्की तथा महासचिवका उम्मेदवार मोहनकुमार डाँगी उपाध्यक्ष भएका छन् ।
महासचिवमा सूर्यप्रसाद अधिकारीको प्यानलका महासचिवका उम्मेदवार गोरे शेर्पा महासचिव भए भने सचिवमा अधिकारी प्यानलका उपाध्यक्षका उम्मेदवार भरतबहादुर खत्री र उम्मेदवार नभएका बलराम खतिवडा तथा आचार्य प्यानलबाट सचिवकै उम्मेदवार भएका रामप्रसाद आचार्य सर्वसम्मतले चयन भएका छन् ।

कोषाध्यक्षमा आचार्य प्यानलका आनन्द चौधरी र सदस्यहरुमा भरतकुमार खड्का र कविता पोखरेल चयन चयन भएका छन् ।
चार सदस्यमा अधिकारी प्यानलका उपाध्यक्षका उम्मेदवार उत्तम ब्लोन, सचिवका उम्मेदवार भरत लामिछाने थापा, प्रकाश दुलाल र सदस्यकी उम्मेदवार अभिज्ञा मल्ल सर्वसम्मतले छानिएका छन् ।
सर्वसम्मत हुने भएपछि आचार्य प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका कुमार पाण्डे, सचिवका उम्मेदवार हिम पाठक, कोषाध्यक्षका उम्मेदवार सुधिरप्रसाद तिमिल्सिना र सदस्यहरु इन्दिरा पन्त, भरत कुमार खड्का र नरेन्द्रबल्लभ पन्त कार्यसमितिको कुनै पनि पदमा अटाएनन् ।

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...