कृषि विकास बैंक बन्यो, बाणिज्य बैंक – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

कृषि विकास बैंक बन्यो, बाणिज्य बैंक

काठमाडौं । ५१औं बार्षिकोत्सव मनाउँदै गर्दा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले पुरानो छविलाई परिवर्तन गर्दै पूर्ण रुपमा बाणिज्य बैंक बनेको घोषणा गरेका छन् ।

उनले हिजोका दिनमा कृषि केन्द्रित भएर लगानी गरिरहेको बैंकले सेवा सुविधालाई विस्तार गर्दै अन्य प्रतिस्पर्धिजस्तै कृषि विकास बैंक पनि पूर्ण रुपमा बाणिज्य बैंक बनेको घोषणा गरेका छन् ।
बैंकले माघ ७ गते बार्षिकोत्सव मनाउनु पूर्व पत्रकार कार्यक्रम आयोजना गर्दै राज्यका प्राथमिकतालाई समेत निरन्तरता दिँदै आधुनिक बैंकिङ तर्फ प्रवेश गरिसकेको जनाएको छ। कृषि क्षेत्रमा लगानी गर्ने उद्देश्यले खुलेको बैंक २०६३ मा आएको बैंक तथा वित्तीय संस्था ऐनसँगै बाणिज्य बैंकमा परिवर्तन भएको थियो । त्यसयता बैंकले आफ्ना सेवालाई परिस्कृत गर्दै आधुनिक बैंकिङको चरणमा पुर्याएको सिटौलाले बताए । ‘अहिले बैंकको क्षमता विस्तार गर्न ठूलो लगानी गरिसकेको र निरन्तर चलिरहने छ’ उनले बताए । प्रविधिको क्षेत्रमा समेत छलाङ मारिएको छ। अब हामी चाँडै इन्टरनेट बैंकिङ सुरु गर्दैछौं उनले भने ।’
बैंकको खातापाता चुस्त दुरुस्त राख्न प्रविधिमा लगानी बढाइएको बताउँदै कम्प्लायन्सका लागि पनि लगानी बृद्धि गरिएको जानकारी उनले दिए ।’ हिजोका दिनमा हामीले लघुवित्त संस्थाले जस्तो काम गरिरहनु परेको थियो’ । ‘आज बाणिज्य तथा कर्पोरेट क्षेत्रमा पनि हामीले सेवा दिन थालेका छौं ।’ उनले आइटी अडिट गर्ने चरणमा बैंक रहेको बताउँदै आधुनिक बैंकिङका लागि अरु के के गर्न सकिन्छ सबैमा बैंक अगाडि रहने जानकारी दिए ।

सम्बन्धित समाचार

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७४ माघ ८, ०९: २३

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७४ माघ ८, ०९: २३

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७४ माघ ८, ०९: २३

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...