कोभिडका कारण बैंकका शाखाहरु तिहारमा नखुल्ने – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

कोभिडका कारण बैंकका शाखाहरु तिहारमा नखुल्ने

काठमाडौं–नेपाल बैंकर्स संघले तिहारमा पाँच दिन बैंकहरुका सबै शाखाहरु बन्द हुने जनाएको छ । हरेक दिन कोभिड संक्रमित कर्मचारी बढिरहेको सन्दर्भमा संघले सदस्य बैंकहरुसँग तिहार बिदाका बेला शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले पनि तीन दिन बिदा दिएको छ । संघले कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने जनाएको छ । यसअघि बैंकहरुले ३६५ दिने काउन्टरबाट सेवा दिँदै आएका थिए । निश्चित अवधिका लागि तिहार बिदाका बेला पनि शाखा खुल्थ्यो ।

दसैंमा पनि बैंकहरुले यसैगरी ५ दिन बिदा दिएको थियो । संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ६ हजार कर्मचारी संक्रमित छन् ।

डिजिटल बैंकिङ सेवा निरन्तरसँगै एटीएम पनि सञ्चालन हुने छ । संघले संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको प्रयोग गर्न पनि अपिल गरेको छ ।

सम्बन्धित समाचार

नेप्से ३६ अंकले घट्यो, कारोबार रकम पनि खस्कियो
नेप्से ३६ अंकले घट्यो, कारोबार रकम पनि खस्कियो
  • २०७७ कार्तिक २५, १२: १६

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारका सबै प्रमुख सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा...

नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
  • २०७७ कार्तिक २५, १२: १६

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७७ कार्तिक २५, १२: १६

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...