राजधानीमा योङ आन्ट्रपर्नस कन्ल्लेभ कार्यक्रम सम्पन्न – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

राजधानीमा योङ आन्ट्रपर्नस कन्ल्लेभ कार्यक्रम सम्पन्न

काठमाडौं–समृद्धि स्कुल र विशाल फाउण्डेशनको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न भएको योङ आन्ट्रपर्नस कन्ल्लेभ २०२० मा सहभागी युवा उद्यमी तथा विर्धार्थीहरुले स्टार्टअप आइडियामाथि लगानी बढाउन सरकारसँग माग गरेका छन् ।

गत कार्तिक २० गतेदेखि २५ गते सम्म सञ्चालन भएको उक्तकार्यक्रममा कन्केलेभ स्टुडियोमार्फत ३ दर्जन अतिथि सहभागी भएका थिए भने वेविनार मार्फत १ हजार भन्दा बढि युवा उद्यमी तथा विधार्थीहरुको सहभागीता जनाएका थिए ।

बिभिन्न सेसनहरुमा बोल्दै युवाहरुले आफुहरुको आइडिया माथी सरकारले बिउपुँजी र तालीमको अवशर प्रदान गरे ।

नेपालमै केहि गर्ने रहर रहेको बताएका थिए । बिभिन्न सेसनमा बोल्ने सरकारका प्रतिनिधि, निजि क्षेत्रका बरिष्ठ उद्यमी र बैकंरहरुले उत्कृष्ट आइडिया भएका स्टार्टअपहरुलाई सुन्य ब्याजदरमा कर्जा सरकारले उपलब्ध गराउन सके भविष्यमा धेरै ठुला ब्यवसायका रुपमा स्टार्टअपहरु बिस्तार हुने बताए ।

युवा उद्यमी तथा विधार्थीहरुमा केन्द्रित रहको यो कार्यक्रमले युवा विद्यार्थी वर्गलाई उद्यमशीलतामा लाग्न अभिप्रेरित गरेको तथा अगुवा उद्यमीहरुको उधम अनुभवबाट उद्यमशीलताका सम्भावित समस्या र चुनौति तथा प्रक्रियाको बारेमा ज्ञान आर्जन गर्न सक्ने एउटा महत्वपुर्ण अवसर भएको आयोजक संस्था विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले बताए ।

त्यसैगरी कोरोनाभाइरस महामारीपछि संसारभर आर्थिक पुनरउत्थानको एजेण्डा प्रमुख रुपमा उठ्ने भन्दै फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले आगामी दिनमा सरकारले सीप विकास र उत्पादशील क्षेत्रमा सहुलियत कर्जाको ब्यवस्था गनुपर्नेमा जोड दिए ।

पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पुर्वअर्थमन्त्री एवं पुर्वसचिव संकरप्रसाद कोइराला, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा, अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, सिटिइभीटीका सदस्य सचिव डा. पुष्परमन वाग्ले, प्रधानमन्त्रीका आइटि बिज्ञ अस्गर अली, बरिष्ठ उद्यमी हरिभक्त सर्मा, हेमराज ढकाल, हेमाकुमारी अधिकारी, सुदिप आचार्य, बैंकर मनोज ज्ञवालीलगायतका स्पीकरहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रत्येक बर्ष कार्यक्रमलाई निरन्तरता दिने र यस्ता कार्यक्रमले युवा, बिद्यार्थीलाई उद्यमी बन्न अभिप्रेरित गर्ने आयोजकको भनाइ छ ।

सम्बन्धित समाचार

आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक २७, १३: १६

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ कार्तिक २७, १३: १६

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...

आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै
आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै
  • २०७७ कार्तिक २७, १३: १६

काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी, वामन एकादशी वा जयन्ती एकादशीका रूपमा मनाउने...