
काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक कार्यक्रमबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई बैंक सदा अग्रसर रहेको जानकारी गराए ।
टिच फर नेपालको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरे ।
बैंकले स्थापनाकाल देखिनै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारका सबै प्रमुख सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा...
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...