तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने


नयाँ विकल्प,

काठमाडौं – नेपाल आयल निगमले तुलसीपुर उपमहानगरपालिकास्थित दाङको टरीगाउँ विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना गर्ने भएको छ ।

नेपाल आयाल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भलबारीका प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले टरीगाउँ विमानस्थलको मुल गेटको दक्षिणतर्फको जमिनमा ईन्धन डिपो स्थापना गर्ने निर्णय भएको बताएका छन् ।

लुम्विनी प्रदेशका रुकुम पूर्व, रोल्पा, दाङ, सल्यान र प्युठान लगायतका जिल्लाहरुमा हवाई सेवा मार्फत सहज पहुँचका लागि प्रदेशको राजधानीमा सुगम पहुँचको लागि तुलसीपुरस्थित बिमानस्थलमा निगमको भण्डारण तथा सेवा विस्तार कार्यक्रम अन्तर्गत स्मल एएफएस प्रोजेक्टको कार्य प्रारम्भ भएको प्रादेशीक प्रमुख आचार्यले जनाए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, नागरिक उड्डयन प्राधिकरण केन्द्रीय कार्यालयका प्रतिनिधि ईञ्जिनियर पुष्पराज न्यौपाने लगायतको टोलीले टरीगाउँ विमानस्थलको स्थलगत निरिक्षण गरेपछि यसतो निर्णय भएको हो ।

निगमको संरचना पूर्णरुपमा आइसोलेट र उच्चतम सुरक्षा प्रवन्ध गर्नु पर्ने भएकाले रिफ्युलरको मुभमेण्टलाई पूर्णरुपले आइसोलेट रहने गरी सो स्थानमा आवश्यक पूर्वाधार एवम् संरचना निर्माण गरिने आचार्यले बताए ।

टरी गाउँ विमानस्थलमा ईन्धन भण्डारण डिपो स्थापनाका लागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट, लुम्विनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल र तुलसीपुर उपमहानगरका प्रमुख पाण्डेलाई निगमका प्रादेशीक निर्देशक आचार्यले बताए ।

सम्बन्धित समाचार

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ मंसिर ९, १५: ५३

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ मंसिर ९, १५: ५३

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ मंसिर ९, १५: ५३

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...