
नयाँ विकल्प,
काठमाडौँ – नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड–अनलोड सेड गर्ने कार्य शनिबारबाट शुरु भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सो प्रविधि जडानको शुभारम्भ गरेका हुन् । सचिव डा. अर्यालले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधिको जडान गरेको बताए ।
अर्यालले प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरी भएका बस्तीहरु समेत सुरक्षित हुने भन्दै यो क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रको ठुलो सहयोग आवश्यक रहेको बताए ।
निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधि मार्फत पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिए । उनले लुम्बिनी प्रदेशसँगै अन्य कार्य क्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थको कारोबारलाई अगाडि बढाउने बताए ।
निगमका नायब कार्यकारी निर्देशक सुशिल भट्टराईले अन्तराष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ लोड ÷अनलोड गर्ने काम सुरु गरेको भन्दै एपिआइ मापदण्ड अनुसार पाइपलाइन, भल्भ, पम्प जडान साथै टैंक÷ट्रक लोड गर्न अत्याधुनिक लोडिङ्ग आम्स जडान गरिएको बताए ।
निगमका अनुसार २ करोड ५० लाख लगातमा नयाँ प्रविधि जडान गरेर लोड अनलोड गर्न थालिएको छ । यसमा तिनवटा पम्पहरु जडान भएका छन । यो प्रविधि जडान गर्दा ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने छ ।
यसअघि सो कार्यालयबाट ८ घण्टामा ३÷४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकोमा नयाँ प्रविधि जडानसंगै कार्यालयको क्षमता तीन गुणासम्म बढेको छ । पुरानो प्रविधि मार्फत कामगर्दा रातिको १० बजेसम्म दैनिक कर्मचारी खटिनु पर्नेमा अहिले त्यो समस्या हटेको छ ।

यस डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा गरी दैनिक दश लाख देखि ११ लाख डिजेल र तीन लाख लिटर पेट्रोल, मट्टितेल र हवाई इन्धन बिक्री गर्दै आएको छ । नयाँ प्रविधि जडानसंगै बिभिन्न जिल्लाबाट पेट्रोलियम पद्धार्थ लिन आउने तथा भारतका बिभिन्न स्थानबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्याङ्खरहरु लोड अनलोड गर्न घण्टौसम्म कुर्नुपर्ने छैन ।
भारतबाट तेल लिएर आएका ट्याङ्खरलाई सोझै डिलरतर्फ पठाउँनु पर्ने बाध्यताको अन्त्य भएको प्रादेशिक कार्यालयले जनाएको छ । नयाँ पुर्वाधार सञ्चालनमा आएसँगै माग अनुसार पेट्रोलियम पदार्थ लोड÷अनलोड गरी समयमै पेट्रोलियम पदार्थ आपूर्ति गर्न सक्ने सहज भएको कार्यालयले जनाएको छ ।
सो स्थानमा निगमले टैंक ट्रक पार्किङ्ग यार्डको विस्तार गरेको छ । यस अघि निगमसँग पर्याप्त पार्किङ्गको सुविधा नहुँदा विभिन्न समस्या भोग्नु परेको थियो । पार्किङ्ग निर्माणपछि कार्यालय भित्र नै एक पटक करिब १०० वटा टैंक÷ट्रकहरु पार्किङ्ग गर्न सकिने निगमले जनाएको छ ।
यसैगरी निगमले दुर्घटनाबाट बच्न ईलेक्ट्रिकल सिस्टमलाई थप प्रभावकारी बनाउने, ईलेक्ट्रिकल सप्लाई निरन्तर बनाउने उद्धृेश्य अनुरुप ईलेक्ट्रिक प्यानल बोर्डहरु, एटियस प्यानलहरुको जडान सहितको ईलेक्ट्रिकल प्यानल हाउस निर्माण गरिएको छ ।
ईलेक्ट्रिकल प्यानल हाउसलाई डिपो अटोमेशन पछि कट्रोलिङ्ग कक्ष पनि बनाइने निगमले जानकारी दिएको छ । नेपाल पेट्रोलिय डिर्लस राष्ट्रिय एसोशिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले पेट्रोलियम पदार्थ भण्डारणको डिपोलाई आधुनिकरण गरेसँगै व्यवसायीलाई सहज बताएको बताए ।
उनले प्रविधिको विकाससँगै व्यवसायीले कारोबार गरे बार्फत निगमले दिदै आएको कमिसन पनि बढाउदै लैजानु पर्नेमा जोड दिए ।
मट्टितेल टैंक भण्डारण निर्माण

नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारी डिपोेमा मट्टितेल टैंक भण्डारण निर्माण भएको छ । निगमले १ करोड लगानीमा सो टैंक भण्डारण निर्माण गरेको छ ।
हाल यस डिपोमा पेट्रोलको खपत करिब २ सय देखि ३ सय किलो लिटर रहेको थियो । पेट्रोलको भण्डारण क्षमता जम्मा १४० किलोलिटर रहेको कारण माग बमोजिम आपूर्ति धान्न सक्ने निगमले मट्टितेलको टैंकलाई पेट्रोलमा रुपान्तरण गर्न लागेको निगमले जनाएको छ ।
यसले पेट्रोलको भण्डारण क्षमतामा करिब ३ गुणाले बृद्धि भई करिब ३ दिनको आपूर्ति धान्न सक्नेछ । निगमका अनुसार मट्टितेलको लागि छुट्टै १४० किलोलिटर क्षमताका दुईवटा टैंक निर्माण गरेको छ ।
२०३९ मा निगमले भलवारी डिपोको स्थापना गरी यस क्षेत्रमा पेट्रोलियम पदार्थहरुको बिक्रिबितरण कार्य सुरु गरेको थियो । करिब ५ बिगाहा क्षेत्रफलमा फैलिएको डिपो परिसरमा डिजेल ३ हजार ४० किलोलिटर पेट्रोल १४० किलोलिटर र मट्टितेल ३७९ किलोलिटरको भण्डारण क्षमता निर्माण भएको थियो ।
अहिले सम्ममा पेट्रोलियम पदार्थको बिक्रि परिमाण माग बृद्धि भएपनि सोही क्षमता नै प्रयोगमा आएको छ । यस डिपोबाट हाल लुम्बिनी प्रादेशका गुल्मी, पाल्पा, अर्घाखाची, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गण्डकी प्रादेशको स्याङ्जाको पश्चिम भेग र बाग्लुङ जिल्लाका केहि भाग गरी जम्मा ८ वटा जिल्लामा अवस्थित पेट्रोल पम्पहरुलाई पेट्रोलियम पदार्थको आपुर्ति गर्दै आएको छ ।
भारतको बेतालपुर, गोण्डा, मुगलसराय र नेपालको अमलेखगंज डिपोबाट डिजेल, पेट्रोल र मट्टितेल आयात एवम प्राप्ती गरी बिक्रिबितरण गर्ने गरीएको छ ।
पभोक्ताको घरघरमा पुग्ने खाना पकाउने ग्यास (एलपिजि) ईन्डियन आयलका हल्दिया, पारादिप, बरौनी र मथुरा रिफाईनरीबाट आयात गरी यस क्षेत्रमा अवस्थीत एलपिजि बोटलिङ्ग प्लान्टलाई बिक्रि बितरण गर्ने गरिएको निगमले जानकारी दिएको छ ।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...