बैंकर्सद्वारा सरकारलाई अपिल – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

बैंकर्सद्वारा सरकारलाई अपिल

काठमाडौं । आगामी बजेटबाट जीवन बीमाको आयकर छुटको दायरा बढाउन बैंकरहरुले सरकारसँग अपिल गरेका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसनले आगामी आर्थिक बर्षको बजेट निर्माणमा लागिरहेका अर्थमन्त्री डा. युवराज खतिवडालाई २० हजारको सीमालाई बढाएर ५० हजार पु¥याउन सुझाव दिएको छ ।

२० हजार रुपैयाँको सीमा निक्कै पुरानो भइसकेको र त्यसलाई समय सान्दर्भिक बनाउनका लागि ५० हजारसम्म पु¥याउन संघले माग गरेको संघका अध्यक्षले बताए ।
बैंक तथा वित्तीय संस्थालाई लाग्दै आएको कर्पोरेट आय करको सीमालाई घटाउनसमेत माग गरेको छ । बाणिज्य बैंकहरुको छाता संगठनले पनि यो सीमा घटाउन माग गरिसकेको छ । संघले ३० प्रतिशतको करलाई २५ प्रतिशतमा झार्न माग गरेको हो ।

खतिवडा गभर्नर हुँदा उनले पनि अर्थमन्त्रालयलाई सीमा ३० बाट २५ प्रतिशतमा झार्न लिखित सुझाव दिएक थिए । अहिले १०० रुपैयाँको निक्षेपममा कर्जा तथा निक्षेप सुरक्षण कोषलाई २० पैसा प्रिमियम तिर्नुपर्छ । यसलाई ५० प्रतिशतले घटाएर १० पैसामा झार्न संघले माग गरेका थिए । संघले आय कर लाग्ने सीमा बढाउन पनि माग गरेको छ । संघले छुट रकमभन्दा माथिको एक लाख रुपैयाँसम्म १० प्रतिशत र १० लाखसम्ममा १५ प्रतिशत कर लगाउन अर्थमन्त्रीलाई सुझाएका छन् । २५ लाखसम्म २५ प्रतिशत र एक करोडभन्दा बढि आयमा ३५ प्रतिशत कर लगाउन पनि माग गरेको छ ।

संघले घरजग्गाको कारोबारमा रजिष्ट्रेशन र दृष्टीबन्धक एकै दिनमा गर्न सकिने ब्यवस्था मिलाउनसमेत अर्थमन्त्रीलाई सुझाएका छन् । संघले बैंक तथा वित्तीय संस्थाले ऋण असुलीको क्रममा सकार गर्ने गैरबैंकिङ सम्पतिमा पूँजीगत लाभ कर नलगाउन पनि सुझाव दिएको छ । कुनै पनि ब्यक्तिले पहिलो घर निर्माण तथा खरीद गर्दा बैंकबाट ऋण लिएको भएमा त्यसको ब्याज रकमलाई आफ्नो आय विवरणमा खर्च लेख्न पाउनु पर्ने मागसमेत संघले गरेको छ ।

सम्बन्धित समाचार

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७५ बैशाख ३१, ०८: २९

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७५ बैशाख ३१, ०८: २९

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७५ बैशाख ३१, ०८: २९

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...