
नयाँ बिकल्प,
काठमाडौं । उखु बेचेको रकम चिनी मिलले नदिएपछि उखु किसानहरु फेरि आन्दोलन गर्न काठमाडौ आएका छन्। सरकारसँग चिनी उद्योगीले प्रतिवद्धता जनाएअनुसार रकम नदिएपछि उखु किसानहरु रकम भुक्तानीको माग गर्दै सडक संघर्षको लागि पाँचौ पटक काठमाडौं आएका हुन्।
६ वटा उखु मिलबाट किसानले ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उखु किसानहरु बताउँछन्। सरकार नयाँ भएकाले बक्यौता उठाइदिन आग्रह गर्ने र त्यसपछि पनि रकम नउठे आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी उनीहरुले दिएका छन्।
अन्नपूर्ण चिनी मिलबाट ९ करोड, श्रीराम सुगर मिलबाट ८ करोड, इन्दुशंकर चिनी मिलबाट २ करोड र लुम्बिनी चिनी मिलबाट तीन करोड रुपैयाँ बक्यौता उखु किसानले उठाउन बाँकी छ।
किसानको बक्यौता विवाद हेरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने किसानहरुको एक रुपैयाँ पनि बक्यौता बाँकी नरहेको दाबी गरेको छ। भुक्तानी बाँकी रहेको जिल्लाको जिल्ला प्रशासन र उद्योगीहरुले पनि किसानको सबै भुक्तानी भइसकेको मन्त्रालयको दाबी छ।
यस्ताे छ, विज्ञप्तिः


भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...