काठमाडौं । साउदीस्थित फौरीबाट नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साउदीबाट नेपाल आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीहरू सहभागी हुन सक्ने यो योजना ५ जुलाईबाट शुरु भइ ३० सेप्टेम्बर २०१८ सम्म कायम हुने बताइएको छ ।
यो योजना अन्तर्गत योजना अवधिभर ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरूमध्ये हरेक दिन ५ जना भाग्यशाली सेवाग्राहीलाई एक÷एक आकर्षक टिसर्ट, हरेक हप्ता एक जना सेवाग्राहीलाई ३२ इन्चको एलईडी टेलिभिजन र १ जना भाग्यशाली बिजेतालाई साउदीबाट नेपालसम्मको यात्राको लागि हवाई टिकट प्रदान गरिनेछ । यस योजना अन्तर्गत साउदीबाट नेपालमा आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरुको ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही बिजेता छनोट गरिने आइएमईले जनाएको छ ।
पुरस्कार ग्रहण गर्नको लागि पैसा पठाउँदा प्राप्त भएको रिसिप्ट साथमै लिएर आउनुपर्नेछ भने आइएमईमा कार्यरत कर्मचारी, संचालक र व्यावसयिक साझेदार यो योजनामा सहभागी हुन पाउने छैनन् । योजनाको सर्वाधिकार कम्पनीमा निहित हुनेछ । यस सम्बन्धी विस्तृत जानकारी कम्पनीको आधिकारी वेबसाइट र सामाजिक संजालमा उपलब्ध गराइने बताएको छ ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १सय७४आइएमई सेन्टर सहित ७५ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। आजको...
काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४...