तिहारमा बत्तीको अभाव हुँदैनः कुलमान घिसिङ – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

तिहारमा बत्तीको अभाव हुँदैनः कुलमान घिसिङ


नयाँ बिकल्प,

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् ।

मंगबार नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताए ।

उनले यस वर्षको तिहारमा झन्डै १५ सय मेगावाट बिजुली प्रयोग हुन सक्ने प्रक्षेपण गरेको बताए ।

घिसिङले अहिले कुलेखानीको विद्युत् खेर गइरहेको बताउँदै प्रसारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताए ।

उनले आम नागरिक तथा उपभोक्तालाई ढुक्कसँग विद्युत् चलाउन आग्रह गरे ।

समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने उनले बताए । ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ कार्तिक १६, २२: ५४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ कार्तिक १६, २२: ५४

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक १६, २२: ५४

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...