आन्तरिक उडानतर्फको हवाई भाडा बढ्यो – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

आन्तरिक उडानतर्फको हवाई भाडा बढ्यो


नयाँ विकल्प,

काठमाडौं । आन्तरिक उडानतर्फ हवाई भाडा वृद्धि भएको छ ।

हवाई इन्धनमा खर्च बढ्दा हवाई भाडा बढाएको वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर जानकारी दिएको हो ।

आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ ।

काठमाडौं–धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ ।

अन्यत्र भन्दा डोटी–साफेबगर उडानमा कम अर्थात ४५ रुपैयाँ भाडा बढेको छ । यसअघि यो रुटमा ३५५ रुपैयाँ इन्धन खर्च रहेकोमा अहिले ४०० रुपैयाँ पुगेको हो ।

पछिल्लो समय आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याससँगै हवाई इन्धनको समेत मूल्य वृद्धि गरेसँगै हवाई भाडा समेत बढाउनु परेको संघले बताएको छ ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ कार्तिक १७, २१: ०६

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ कार्तिक १७, २१: ०६

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ कार्तिक १७, २१: ०६

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...