
नयाँ विकल्प,
काठमाडौं । कोरोना महामारी कोभिड–१९ संक्रमणको बेला अलपत्र परेका विदेशी पर्यटकहरुको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड पाएको छ ।
विश्व चर्चित वन्डरलस्ट म्यागेजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डेनमा आयोजना गरेको कार्यक्रममा नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ पुरस्कार पाएको हो ।
आयोजकले उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेलाई हस्तान्तरण गरेको थियो । यो अवार्डका लागि नोमिनेशन भएका नौवटा मुलुकहरूलाई उछिन्दै नेपालले यो अवार्ड पाएको हो ।
पर्यटनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव यादवप्रसाद कोइराला, बोर्डका कार्यकारी प्रमुख डा.नञ्जय रेग्मी र ६ वटा नेपाली पर्यटन व्यवसायी कम्पनीहरु सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म लण्डनमा आयोजित वर्ल्ड ट्राभल मार्ट डब्लूटिएममा सहभागी रहेको छ ।
नेपाल पर्यटन बोर्डले जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरुको समन्वयमा नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा १...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...