जनता बैंकले कर्मचारीलाई तालिम दिने – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

जनता बैंकले कर्मचारीलाई तालिम दिने

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र नेशनल बैंकिङ्ग इन्स्टिच्युटबीच गत भदौ ५ गते कर्मचारीलाई तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौता अनुसार एनबीआईले बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु दिने छ । सम्झौता अनुसार बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्स्टिच्युटबाट न्यूनतम ५ लाख बराबरको रकमको वार्षिक तालिम सञ्चालन गराउने बताइएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच संयुक्त हस्ताक्षर भएको जारी प्रस्ट भएको छ ।

सम्बन्धित समाचार

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७५ भाद्र १८, ०९: ०२

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७५ भाद्र १८, ०९: ०२

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७५ भाद्र १८, ०९: ०२

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...