मंगलबार नेप्सेमा ७९ अंकको गिरावट – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

मंगलबार नेप्सेमा ७९ अंकको गिरावट


नयाँ विकल्प,

काठमाडौं – मंगलबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम ७९ अंक माथिको गिरावट आएको छ ।

आज नेप्से ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


गत सोमबार यस्तो सूचक १९.२० अंकले घटेर २८ सय २९ दशमलव ६४ विन्दुमा अडिएको थियो ।

त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १६.०२ अंकले घटेर ५१२ दशमलभ ८२ विन्दुमा झर्न पुगेको छ ।

आज सबैजसो उपसूचकहरु ऋणात्मक नेगेटिभ भएर बजार नै राताम्मे भएको छ । तर, करिब ८० अंकले नै घटेको बजारमा आज कारोबार रकम भने साढे ६ अर्ब माथि भएको छ ।
नेप्सेका अनुसार आज एक करोड १९ लाख कित्ता माथि सेयर बजारमा एक लाख भन्दा बढी पटक किनबेच हुँदा कुल ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

गत सोमबार १९ अंकले घटेको बजारमा ४ अर्ब ४२ करोडको कारोबार भएको थियो ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ कार्तिक २३, २०: ५२

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ कार्तिक २३, २०: ५२

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ कार्तिक २३, २०: ५२

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...