
नयाँ विकल्प,
काठमाडौं-गत साता अर्थात पुसको दोस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको हो ।
त्यस्तै, कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको छ । पुस पहिलो सातामा निक्षेप २ अर्ब र कर्जा १ अर्ब रुपैयाँले बढेको थियो ।
यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी मंसिरको तुलनामा ५० अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको कर्जा लगानी गत महिना (कात्तिक) को तुलनामा ५० अर्ब रुपैयाँले बढेको हो ।
कर्जा लगानी ५० अर्ब रुपैयाले बढेर ४० खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । गत महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानी ४० खर्ब ३४ अर्ब रुपैयाँ रहेको थियो ।
यस्तै, कर्जा लगानी ५० अर्ब रुपैयाँ बढ्दा बैंकहरुको निक्षेप संकलन भने ४ अर्ब रुपैयाँ मात्रै बढेको छ । गत महिना ४२ खर्ब ३३ अर्ब रुपैयाँ रहेको बैंक्को निक्षेप मंसिरमा ४२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...