
नयाँ विकल्प,
काठमाडौं – नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । फेलो चाटर्ड एकाउण्टेड( एफसीए) हुनुका साथै बैंकिङ्ग क्षेत्रमा झन्डै २० वर्षको अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डिपुटी सीईओ) रहेका थिए । हालका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल पुष १६ गते सकिँदैछ । ढुंगानाको जिम्मेवारी दिने गरी बैंकले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत बनाएर ल्याएको हो । योसँगै नवनियुक्त पाण्डेले माघ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । हाल नेपाल बंगलादेश बैंकको एक सय वटा शाखा, १० एक्सटेन्सन काउन्टर र ८४ वटा एटिएम सञ्चालनमा रहेका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...