मंगलबार दोहोरो अंकले बढ्यो नेप्से – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से

नयाँ विकल्प,

काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार र आज पनि दोहोरो अंकले बढेको हो । आज मंगलबार ६३ अंकले बढेको छ । यससँगै पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक १५५ अंकले बढेको छ ।

आज ६३ अंकले बढेको नेप्सेमा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको ९१ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । लगातार तेस्रो दिन दोहोरो अंकले बढेपछि नेप्से परिसूचक २६ सय ७९ अंकमा पुगेर रोकिएको छ । खासगरी, नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो दुई वटा निर्णयले बजारमा सकारात्मक सन्देश प्रवाह भएको हो ।

राष्ट्र बैंकले स्थानीय तहको ८० प्रतिशत बजेटलाई बैकिङ तरलतामा गणना गर्न वाणिज्य बैङ्कहरूलाई स्वीकृति दिएसँगै बजारमा तरलता अभावको संकट सुधारिन थालेको छ । परिसूचक ६३ अंकले बढे पनि उत्पादनमूलक र अन्य समूहमा भने गिरावट आएको छ । उत्पादनमूलक समूहमा ४२ अंकको र अन्य समूहमा ६ अंकको गिरावट आएको हो ।

विकास बैंक समूहमा सबैभन्दा बढी २३२ अंकको, जीवन बीमा समूहमा १६० अंकको र लघुवित्त समूहमा ९१ अंकको सुधार आएको छ ।
बजार दोहोरो अंकले बढ्दा श्री इन्भेष्टमेन्ट फाइनान्स र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, मध्य भोटेकोसी जलविद्युत कम्पनी र नेपाल एसबीआई बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष २०, २२: १२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष २०, २२: १२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष २०, २२: १२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...