
नयाँ विकल्प,
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरआईपीओ नेप्सेमा सूचीकृत भएको छ । भोलि अर्थात् सोमबारबाट कम्पनीको शेयर कारोबार सुचारु हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार यसको पहिलो कारोबार न्यूनतम ८४ रुपैयाँ ०५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसाभित्र रहेर हुनेछ । यसको बीएनएचसी संकेतबाट कारोबार हुनेछ । बुद्धभूमिको ४० लाख कित्ता शेयर सूचीकरण गरिएको हो ।बुद्धभूमिले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो । यसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहीक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले ४.९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...