ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ १८ लाख ७७ हजार बढीले भरे – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ १८ लाख ७७ हजार बढीले भरे

नयाँ विकल्प,

काठमाडौं – आईपीओ भर्ने अन्तिम दिन शुक्रबार साँझसम्म ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ १८ लाख ७७ हजार बढीले भरेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार साँझ ४ः३९ बजेसम्ममा १८ लाख ७७ हजार १४७ जना आवेदकहरुले २ करोड २७ लाख कित्ताका लागि आवेदन दिएका छन् । ग्रीन भन्चर्सले मंगलबार चैत ८ गतेबाट सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । जुन आईपीओमा आवेदन दिने आज चैत ११ गत अन्तिम दिन रहेको छ । कुल ३१ लाख २५ हजार कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी शेयर सर्वसाधारणलाई जारी भएको हो । आईपीओको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

सम्बन्धित समाचार

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
  • २०७८ चैत्र ११, २३: १५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...

देशभर मनसुन सक्रिय: आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय: आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना
  • २०७८ चैत्र ११, २३: १५

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको...

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७८ चैत्र ११, २३: १५

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...