बुद्धनगर एग्रोले ५ करोडकोआईपीओ निष्काशन गर्ने – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

बुद्धनगर एग्रोले ५ करोडकोआईपीओ निष्काशन गर्ने

नयाँ विकल्प,

काठमाडौं – बुद्धनगर एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपिओ निष्कासन गर्ने भएको हो । कम्पनीले आइपीओ विक्रीका लागि एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुत गरेको छ ।

आईपिओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो । क्यापिटलले प्रदान गरिरहेको आईडीया टु आइपीओ सेवा अन्तर्गत कम्पनीले आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित निष्काशन गर्न लागेको हो ।

एनआईसी एशिया क्यापिटलको आईडीया टु आइपीओ सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र आइपीओ जारी गर्ने व्यवस्था मिलाउने जनाएको छ ।

क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षेमा परामर्श सेवा समेत उपलब्ध गराउने सम्बन्धी समेत दुई पक्षिय सम्झौता भएको हो ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७८ चैत्र १४, २०: ५०

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७८ चैत्र १४, २०: ५०

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...

सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
  • २०७८ चैत्र १४, २०: ५०

काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...