काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले घटेर ९६ हजार छ सय तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार एक सयमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार छ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार दुई सय २५ तोकिएकोे महासंघले बताएको छ ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...