काठमाडाैं । विदेशमा बसोबास गर्दै आएका नेपालीको ज्ञान, सीप र पुँजीलाई सरकारले प्रोत्साहन गर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
गैरआवासीय नेपालीहरूसं कुराकानी गर्दै मन्त्री डा. महतले भने, “नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेकाे छ, अब जुनसुकै क्षेत्रमा लगानी गर्न तपाईंहरूलाई आह्वान गर्दछु ।”
जलविद्युत्को विकासबाट नेपालमा समृद्धि ल्कोयाउन सकिने भएकाले विशेषगरी यसमा निजी क्षेत्रले लगानी गर्न मन्त्री डा. महतले अनुराेध गरे ।
विदेशमा रहेका नेपालीले मातृभूमिको उन्नयनका निम्ति लगानी गर्न विशेष जोड दिए । लगानीको प्रतिफल सुनिश्चित गर्ने जिम्मा सरकारकाे रहेकाले निर्धक्क भएर लगानी गर्न आह्वान गरेकाे मन्त्री डा. महतले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...