काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले भारतलाई २६ अर्ब २४ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । २१ अर्ब १८ करोड ८० लाख रुपैयाँको मुख्य ३६ वस्तु भारतमा निर्यात भएको हाे । सबैभन्दा बढि ३ अर्ब ३६ करोड २५ लाख रुपैयाँको जस्तापाता निर्यात भएको छ । नेपालले गत वर्षको सोही अवधिमा १ अर्ब ६४ करोड ३ लाख रुपैयाँको जस्तापाता भारततर्फ निर्यात गरेको थियो ।
गत वर्षको तुलनामा यो वर्ष जस्तापाताको निर्यात दोब्बरले बढेको छ । त्यस्तै, गत आर्थिक वर्षमा नेपालले ७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ र आव २०७८/७९ मा २ अर्ब ८४ करोड १७ लाख रुपैयाँको निर्यात गरेको छ । उक्त तथ्याङ्कअनुसार चालु आवमा भारतमा जस्तापाताको निर्यात उच्च भएको देखिन्छ । त्यसबाहेक नेपालले ५ अर्ब ६ करोड १७ लाख रुपैयाँको अन्य वस्तु निर्यात गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु निर्यात २.३ प्रतिशतले कमी आई रू ४० अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात ३५.५ प्रतिशतले कमी आएको थियो । भारत तर्फ भएको निर्यातमा ९.४ प्रतिशतले कमि आएको छ ।
चीन र अन्य मूलुकतर्फको निर्यात क्रमशः ३४५.९ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, अलैँची, पोलिस्टर धागो लगायत वस्तुको निर्यात बढेको छ । पाम तेल, सोयाबिन तेल, जुटका सामान, उनको गलैचा, रोजिनलगायत वस्तुको निर्यात घटेको छ । नेपालमा उत्पादित जस्तापाता छिमेकी मुलुक भारत, श्रीलङ्का, रोमनियालगायतका देशमा निर्यात हुन्छ ।
नेपालबाट भारत निर्यात भएका सामग्रीहरूः
१. पोलिस्टर धागो २ अर्ब ४६ करोड ७९ लाख
२. जुस २ अर्ब २९ करोड १० लाख
३. अलैंची १ अर्ब ८९ करोड ८ लाख
४. पार्किकल बोर्ड १ अर्ब ८७ करोड ६६ लाख
५. जुट १ अर्ब ७३ करोड ७५ लाख
६. अदुवा ३९ करोड २० लाख
७. जडीबुटी १८ करोड ७९ लाख
८. आयुर्वेदिक औषधी ६७ करोड ४१ लाख
९. टुथपेस्ट १७ करोड ७० लाख
१०. तरकारी १५ करोड ८१ लाख
११. नुडल्स २४ करोड ८४ लाख
१२. रोजिन २४ करोड ६४ लाख
१३. आयल केक ७३ करोड ४३ लाख
१४. पाम तेल १ अर्ब ३२ करोड ५४ लाख
१५. चिया १ अर्ब १० करोड ९८ लाख
१६. चोकर १९ करोड ३८ लाख
१७. जुत्ताचप्पल २२ करोड ६९ लाख
१८. कपर वायर रड २५ करोड १८ लाख
१९. जीआई पाइप १० करोड ५९ लाख
२०. टेक्सटायल ६७ करोड ११ लाख
२१. थ्रेड ५० करोड ५ लाख
२२. तार १२ करोड २१ लाख
स्रोतः नेपाल राष्ट्र बैंकको तथ्यांक
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...